
३ असोज ०७७, ललितपुर । शनिबार ललितपुर जिल्लाभर ५७ जनामा कोरोना भाइरस भेटिएको छ । स्वास्थ्य कार्यालयका अनुसार ललितपुर महानगरपालिकामा २१ जना महिला र २१ जना पुरुषमा कोरोना संक्रमण फेला परेको छ ।
महालक्ष्मी नगरमा पनि ५÷५ जना महिला र पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

गोदावरी नगरमा भने ३ जना महिला र २ जना पुरुषमा कोरोना भेटिएको छ ।
अहिलेसम्म ललितपुरमा ७ सय १६ महिला र ९ सय ४ जान गरेर जम्मा १६ सय २० जनामा कोरोना भाइरस भेटिसकेको छ ।








प्रतिक्रिया