१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर सातदोवाटोका एक पुरुषको जाँच्दै नजाँची कोरोना रिर्पोट नेगेटिभ


६ आश्विन २०७७, मंगलबार  

0
Shares

६ असोज ०७७, ललितपुर । ललितपुर सातदोवाटो बस्ने ४१ बर्षिय एक पुरुष घाटीमा असजिलो भएपछि शुक्रबार विहान ११ बजे कोरोन परिक्षण गराउन काठमाडौं टेकुस्थित शुक्रराज ट्रपिकल सरुवारोग अस्पताल पुगे ।
अस्पतालमा ३० रुपैयाँको टिकल लिएपछि उनले डाक्टरलाई भेटे । डाक्टरले कोरोना परिक्षण गर्न सुझाव दिए पछि उनले कोरोना परिक्षणको किट लिए ।
दुभाग्यवश त्यही बेला उनको महत्वपूर्ण फोन आयो । उनी बाहिर निस्किए । फर्कदा अस्पतालमा कोरोना परिक्षणका लागि स्वाव लिने ठाँउ बन्द भइसकेको थियो ।
नमूना नै नदिएकी उनको गतशुक्रबार रिपोर्ट भने नेगेटिभ आए पछि उनी अचम्ममा परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौत्तमले पिन्ट र टाइप मा गल्ती हुदा यस्तो रिपोर्ट आएको हुनसक्ने बताए । साथै उनले त्यो नमूनाको प्रमाण पठाइदिन अनुरोध समेत गरेका छन् ।
पछिल्लो समय नीजि अस्पतालहरुले सरकारले तोकेको मूल्य भन्दा धेरै लिएर कोरोनाा परिक्षण गरिरहेको पाइएको छ । यो समाचार अन्नपूर्ण पोष्टका लागि संवाददाता नितु घलेले लेखेकी छिन् ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  ९ : ०९ बजे