१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


कान्ति लोकपथको भालुखोलामा पहिरो, सडक अवरुद्ध्


७ आश्विन २०७७, बुधबार  

0
Shares

फाइल तस्विर

७ असोज ०७७, ललितपुर ।  निरन्तर परेको झरिका कारण कान्तिलोकपथ अवरुद्ध भएको छ ।
झरिका कारण कान्तिलोकपथको भालुखोला, तिनपाने भञ्ज्याङ्ग र छपेलीनजिक पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।  मंगलबार राती देखि निरन्तर बर्षा भइरहेको छ ।
बुधबार विहान हटाउने तयारी हुँदा हुँदै निरन्तरको बर्षाका कारण सम्भव नभएको इलाका प्रहरी कार्यालय भट्टेडाँका प्रहरी जवान रुद्र खत्रीले बताए ।
दक्षिण ललितपुर हुँदै हेटौडा जाने यो सडक निर्माणको क्रममा छ ।
यो सडक दक्षिण ललिातपुरको लाइफलाइनको रुपमा समेत परिचित छ ।
कान्तिलोकपथ हुदै सुदुर ललितपुरको गम्दी ठूलादुर्लुङ्ग जान सकिन्छ । यो सडक काभ्रेतर्फ जाने यात्रुले समेत प्रयोग गर्छन् ।

ललितपुर १ का संघीय सासंद नवराज सिलवालले प्रतिकुल मौसमका कारण हेलिकप्टरबाट उद्धार गर्न प्रयास गरिएको भए पनि सम्भव नभएको बताए । सासंद सिलवालले भने, ‘भट्टेडाँडा अस्पतालबाट डाक्टर घटनास्थलमा लगिएको र पहिरो झर्न रोकिएपछि उद्दार गरि तत्काल उपचार गर्ने व्यवस्था मिलाएको जानकारी दिएका छन् ।’

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  २ : २७ बजे