१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाङ्गदुर पहिरोका घाइतेहरुलाई अस्पताल ल्याउन कठिन


८ आश्विन २०७७, बिहिबार  

0
Shares

८ असोज ०७७,ललितपुर ः कान्तिलोकपथको ललितपुर छपेलीनजिकै पाङ्गदुर भन्ने ठाँउमा दुवैतिर पहिरोमा परेका युवकहरुको २४ घण्टा वित्न लागेपनि अझै अस्पताल ल्याइइको छैन ।
अविरल वर्षापछि बुधबार दिउँसो ४ बजे पाङ्गदुरमा पहिरोमा परेर २ जना घाइते भएका थिए । घाइतेहरुलाई पहिरोबाट निकालेर मासखोलामा लगेर राखिएको भए पनि निरन्तरको बर्षा र कान्तिलोकपथमा पहिरो गएपछि अस्पताल ल्याउन नसकेको वागमती ३ का वडाध्यक्ष विष्णु तिमल्सिनाले बताए ।
पहिरोमा परेर ललितपुर लेले शिखर्पाका कुमार नगरकोटी र भट्टेडाँडाका केशव विक सामान्य घाइते छन् ।
घाइतेलाई अहिले मासखोला पोष्टमा लगेर राखिएको तिमल्सिनाले बताए । उनले भने, ‘जिल्ला प्रशासनबाट गृहमन्त्रालयमा चिठ्ठी गएको छ । मौसम ठीक भएपछि हेलिकम्पटर जान्छ ।’
वडाध्यक्ष तिमल्सिनाका अनुसार तिनपाने भञ्ज्याङ्ग र छपेली नजिक पहिरो गएकाले तत्काल स्थलमार्गबाट घाइतेको उद्दार सम्भव छैन ।
सडकबाट उद्धार गर्न नसकेपछि मासखोला पोष्टमास्थानीय प्रहरी र जेसिवी प्रयोग गरेर हेलिप्याड बनाउन शुरु गरिएको छ ।

 

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ११ : ३७ बजे