८ असोज ०७७,काठमाडौं । पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । सोमबार प्रतितोला रु ९७ हजार २ सयमा कारोबार भएको छापावाला सुनको मूल्य मङ्गलबार प्रतितोला रु एक हजार ७ सय, बुधबार रु एक हजार २ सय र आज प्रतितोला रु एक हजार २ सय ले घटेको छ ।
महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९३ हजार १ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९२ हजार ६ सय तोकेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८ सय कायम भएको थियो । बिहीबार चाँदीको मूल्यमा पनि प्रतितोला रु ७० ले गिरावट आएको छ । आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १ सय २० तोकिएको छ ।
८ आश्विन २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया