१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सत्यमोहन लोक साहित्य भवन निर्माणको काम अन्तिम चरणमा


८ आश्विन २०७७, बिहिबार  

0
Shares

भवनको डिजाइन ।

८ असोज ०७७, पाटन ः वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीका नाममा निर्माण भइरहेको ‘सत्यमोहन लोक साहित्य भवन’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
लोक साहित्यको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले लोक साहित्य परिषद्ले ललितपुर महानगरपालिका–१२ बखुंबहालस्थित संस्कृतिविद् सत्यमोहन जोशीको निजी निवास परिसरमा सो भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि जोशीले दुई आना दुई पैसा जग्गा परिषद्लाई दान गरेका हुन् ।
ललितपुरका प्रतिनिधिसभा सदस्य कृष्णलाल महर्जनको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रु ५० लाखबाट भवनको निर्माण कार्य शुरु गरिएको ललितपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष अजरमान जोशीले जानकारी दिउका छन् । जोशीले भने, “साढे चार तलाको भवन निर्माण भइसकेको छ । यसमा जाोशीका कृृति, सम्मान, विभूषण, पुरस्कार र प्रतिमाआदि राखेर प्रदर्शनी भवन बनाउन लागेका हौँ ।” सो भवनले नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासमा लागेका जोशी र उहाँका कृतिलाई वर्षाै वर्षसम्म जीवित तुल्याउने जोशीको भनाइ छ ।
उपभोक्ता समिति मार्फत निर्माण भइरहेको सो भवनमा हालसम्म करिब रु ६० लाख खर्च भइसकेको भवन निर्माण समितिका सदस्य शान्त्ताराज शाक्यले बताए । भवन निर्माणका लागि विभिन्न दाताबाट रु आठ लाख पचास हजार सहयोग भएको छ भने वल्र्ड नेवा अर्गनाइजेसनले रु १५ देखि १६ लाखसम्म सहयोग गर्ने घोषणा गरेको उहाँले जानकारी दिए ।
भुई तल्लामा बैठक कक्ष, पहिलो तल्लामा सङ्ग्रहालय, दोस्रो तलामा पुस्तकालय रहने बताइएको छ । यो भवन कला संस्कृतिप्रेमीहरुको साझा भवन भएको संस्कृतिविद् सत्यमोहन जोशीले बताएका छन् । जोशीले भने, “कला संस्कृति नेपालको अमूल्य निधि हो । समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि कला, संस्कृतिको संरक्षण हुनुपर्दछ ।”

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहिबार  ९ : ५१ बजे