१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका तीनै मेयरहरुलाई कोरोना संक्रमण


९ आश्विन २०७७, शुक्रबार  

0
Shares

९ असोज ०७७, ललितपुर । ललितपुरका तिनै वटा नगरपालिकाका मेयरहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

ललितपुर महानगरपालिकाका मेयरचिरीबाबु महर्जनलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । बिहीबार स्वास्थ्यमा असहजता महसुस भएपछि पाटन स्वास्थ्य विज्ञान  प्रतिष्ठान, पाटन अस्पतालमा  स्वाब परीक्षणका लागि दिनुभएकामा आज कोरोना पोजेटिभ रिपोर्ट आएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।

प्रमुख महर्जन बखुन्डोलस्थित निजी निवासमा आइसोलेशनमा रहेका  छन् । महर्जनको परिवारका  सदस्यको भने अब पाँच दिनपछि स्बाब परीक्षण गरिने जनाइएको छ ।

आजै गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महर्जनकी धर्मपत्नी गङ्गामायालाई समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ । यही असोज ६ गते उनीहरुले स्वाब सङ्कलन गरेर  जनस्वास्थ्य प्रयोगशाला टेकु परीक्षणका लागि पठाउँदा आज( शनिबार) कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल महर्जन दम्पती होम आइसोलेसनमा छन् ।  गाह्रो भयो भने मात्र अस्पताल जाने निर्णय गरिएको मेयर महर्जनले बताएका छन् । मेयर महर्जनले भने, “मसँग सम्पर्कमा रहेर शङ्का लागेका हरेक व्यक्तिलाई तुरुन्त कोभिड परीक्षण गर्न अनुरोध गर्दछु ।”

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र महर्जनका धर्मपत्नी दुवैमा पुनः दोस्रोपटक  बुधबार कोरोना सङ्क्रमण पुष्टिसहित नतिजा आएको छ । हाल दुवैले ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचार गराइरहेको श्रेष्ठले जानकारी गराएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार  ७ : १४ बजे