९ असोज ०७७, ललितपुर । ललितपुरमा ९१ जनामा कोरोना संक्रमण भेटिएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ३८ महिला र ४१ पुरुष सहित ललितपुरमहानगरपालिकामा ७९ जनामा कोरोना संक्रमणले भेटेको छ ।
६ महिला र ५ पुरुष सहित ११ जनामा महालक्ष्मी नगरमा कोरोना भेटिएको छ । साथै गोदावरी नगरमा भने १ जना महिलालाई मात्रै कोरोना संक्रमण भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले तथ्याङ्क सार्वजनिक गरेको छ ।
यस तथ्याङ्कसँगै ललितपुर जिल्लामा अहिलेसम्म जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका जम्मा २० जनाको मृत्यु भइसकेको छ ।
९ आश्विन २०७७, शुक्रबार
0
Shares
प्रतिक्रिया