५ आश्विन २०८१, शनिबार | Sun Sep 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


अहिलेसम्म फर्किए ७६ हजार नेपाली


१० आश्विन २०७७, शनिबार  

0
Shares


१० असोज ०७७, काठमाडौं ः कोरोना भाइरस विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९ सय ६७ नेपाली स्वदेश आएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन संञ्चालन केन्द्र(सिसीएमसी) का अनुसार बिहिवारसम्म जहाजमार्फत ३२ मुलुकबाट यी नागरिक मुलुक फर्केका हुन् ।
मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरव इमिरेट्सबाट २२ हजार २ सय १४ छन् भने सबभन्दा कम श्रीलङ्काबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन । केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३ सय ६, कुवेतबाट ८ हजार ३ सय ३५, मलेसियाबाट ११ हजार ३ सय ५२, साउदी अरेबीयाबाट ११ हजार ८सय १९, दक्षिण कोरियाबाट १ हजार ४ सय ४७, बहराइनबाट १ हजार २ सय ७४, ओमनबाट १ हजार १ सय ५०, अष्ट्रेलीयाबाट १ हजार ९१ र टर्कीबाट ९ सय ३६ छन् ।
स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ५ सय ४६, प्रदेश नं २ का ११ हजार ९सय ९, वाग्मती प्रदेशका १८ हजार २ सय ४७, गण्डकी प्रदेशका ८ हजार ९ सय ७३, प्रदेश नं ५ का ११ हजार ४ सय ५०, कर्णाली प्रदेशका १ हजार ५ सय १८ र सुदुरपश्चिम प्रदेशका १ हजार ७ सय ३७ रहेको केन्द्रले जनाएको छ । फर्कने मध्ये ८हजार ४ सय ९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  १० : ४५ बजे