१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा ७ सय २४ जना कोरोना संक्रमित


१० आश्विन २०७७, शनिबार  

0
Shares

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै . तस्विर ः रासस

१० असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टाभित्र ७ सय २४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले काठमाडौंमा ५ सय ८३ जना, ललितपुरका ७८ जना र भक्तपुरका ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २ सय ७ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार १९ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या ७१ हजार ३ सय ४१ पुगेको छ । उनीहरुमध्ये ४ सय ६७ जनाको मृत्यु भएको छ भने ५३ हजार १३ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार  ४ : ४२ बजे