८ पुस २०८१, सोमबार | Mon Dec 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज(आइतबार)बाट जनरल इन्स्योरेन्सको आईपिओ निश्कासन हुने


११ आश्विन २०७७, आइतबार  

0
Shares


११ असोज ०७७,काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको रु. ३० करोडबराबरको आईपीओ आज (आइतबार) बाट निष्कासन हुदैछ ।
कम्पनीले १ सय रुपैयाँ बराबरको ३० लाख कित्ता रकम बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । ७५ करोड चुक्ता पूँजी रहेको यस कम्पनीको शेयरका लागि बुधबारसम्म आवेदन दिने म्याद रहेको छ ।
कम्पनीले प्रतिकित्ता रु. १ सय दरका ३० लाख कित्ता सेयरमध्ये ४ प्रतिशत अर्थात् १ लाख २० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् १ लाख ५० हजार कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको २७ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासित गर्नेछ ।
यो आईपीओमा न्यूनतम १० कित्तादेखि १० हजार कित्तासम्म सेयर आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
पछिल्लो समय खुलेका आईपीओमा आवेदन दिनेको संख्या ६ लाख नाघेको आधारमा जनरल इन्स्योरेन्सको आईपीओमा ६ लाख ज्यादा आवेदन पर्ने अनुमान गर्न सकिन्छ । यहि आधारमा यो आईपीओ सर्वसाधारणले १० कित्ता भन्दा धेरै नपाउने आकलन गर्दै १० कित्ता आवेदन दिनेहरु ज्यादा हुनेछन् ।
नेपाल धितोपत्र बोर्डले लागू गरेको १० कित्ता समावेशी नीतिका न्युनतम १० कित्ता दिने पर्ने बाध्यकाका कारण गोलाप्रथाद्वारा नै शेयर वितरण हुनेछ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ०४ बजे