१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन निर्माण अघि बढ्दै


११ आश्विन २०७७, आइतबार  

0
Shares


११ असोज ०७७, टौखेल गोदावरी । गोदावरीमा धमाधम ‘अन्तर्राष्ट्रिय गोदावरी खेलकुद भवन’ निर्माणको काम अघि बढेको छ । गोदावरीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुद विकासका लागि उक्त काम अघि बढाइएको हो । ललितपुर क्षेत्र नं १ प्रतिनिधिसभाका सदस्य नवराज सिलवालले गत आर्थिक वर्ष २०७५र७६ मा रु २० लाख बजेट विनियोजन गरेर भवन निर्माण अघि बढाइएको उपभोक्ता समितिका अध्यक्ष इञ्जीनियर राजेश पौडेलले जानकारी दिएका छन् । पौडेलले भने, “गत आव २०७६र७७ मा सामाजिक विकास मन्त्रालयअन्तर्गत छुट्टै रु एक करोड सहयोग भएको थियो ।” हालसम्म खेलकुद भवन निर्माणका लागि रु एक करोड ३० लाख खर्च भएको र भवनको काम पनि ५० प्रतिशत सम्पन्न भइसकेको इञ्जीनियर पौडेलले जानकारी दिए ।
गोदावरीमा एक व्यक्तिले अर्काे चिन्ने वातावरण नरहँदा खेलकूदको माध्यमबाट वडा नं १ गोदामचौर, नं २ विशङ्खु, नं ३ साविकको गोदावरी, बडिखेल, नं १३ झरुवारासी र नं १४ ठैवका मानिसले एकअर्कामा सम्पर्क बढाई भित्री खेलहरु ब्याडमिन्टन, कराँते, तेक्वान्दोे, टेबल टेनिस, बास्केटबल र भलिबल आदि खेल्ने व्यवस्था मिलाउन लागिएको समितिका उपाध्यक्ष सुरेन्द्र रावतले बताए । उननले भने, “चालु आर्थिक वर्ष २०७७÷७८ मा प्रदेश सरकारले रु २० लाख विनियोजन गरेको छ । खेलकुद भवनसँगै रहेको लगभग छदेखि सात रोपनी जमिनमा भवन व्यवस्थापन कार्यालय, सहायताकक्ष, वरिपरि पर्खाल, उद्यान, गाडी बिसाउने ठाउँ र बिहान व्यायाम गर्दै हिँड्ने मार्ग निर्माण गर्ने योजना पनि बनाइरहेका छौँ ।” समितिका सदस्यले यी सबै योजना पूर्ण गर्न करिब रु पाँच करोड लाग्ने अनुमान गरेका रावतले जानकारी दिए ।
यस भवन निर्माण सम्पन्न भएपश्चात राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेछ । यसमा दुई ब्याडमिन्टन र चार टेबल टेनिस कोर्ट, भवनभित्र झण्डै ४सय मानिस अट्ने पयाराफिट पनि बनाइने समितिका सचिव सन्तोष कुँवरले बताए । कुवँरले भने, “खेलकुद भवनमा विभिन्न राष्ट्रको झण्डा राख्ने अवधारणा बनाइराखेका छाँै ।” सो भवन निर्माणको काम यही असार अन्त्यसम्म समाप्त गर्नुपर्ने थियो तर विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण काममा बाधा परेर ढिलो भइरहेकामा कुँवरले दुःख व्यक्त गरे ।
“निमार्णाधीन खेलकुद भवन टौखेलबाट बडिखेल आउने मुख्य सडकमुनि गहिरो स्थानमा रहेको हुँदा यसलाई राम्रोभन्दा राम्रो बनाउन फ्रेन्ड्स अफ गोदावरीमा रहेका ५० सदस्यका साथै अन्य दाताहरुले रु ५० हजारदेखि रु एक लाख सङ्कलन गरेर करिब रु ३५ लाख भवनलाई सहयोग गर्नुभयो”, पौडेलले थपे, “गोदावरी भिलेज रिसोर्टले खेलकुद भवन कोषलाई रु १० लाख दिने घोेषणासमेत गरिसकेको छ ।”

साविकको गोदावरीमा गोदावरीकुण्ड नजिकै धर्मशाला, नं २ मा प्राविधिक शिक्षालय, नं १० बहुउद्देश्यीय रङ्गशाला र यसै वडामा भाँगावनलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरेर हनुमानको मूर्ति प्रतिस्थापन, उद्यान तथा वनभोजस्थल निर्माण गर्न टाहाखेलदेखि सिँढी निर्माण र नं ११ चपागाउँमा वाग्मती प्रदेश सरकारको सहयोगमा बुलुमा उद्यान निर्माणको काम धमाधम भइरहेको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  १२ : ३० बजे