१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


राजधानीमा सोमबार कोरोना संक्रमितको संख्या ८ सय १७


१२ आश्विन २०७७, सोमबार  

0
Shares


१२ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रत्रक्ता डा जागेश्वर गौत्तमले काठमाडौं जिल्लाका ६ सय ४९ जनालाई कोरोना संक्रमण भएको पुष्टि गरे ।
साथै डा गौत्तमका अनुसार ललितपुरका १ सय ३२ जना र भक्तपुरका ३६ जनालाई समेत कोरोना संक्रमण देखिएको छ ।
गएको २४ घण्टामा भक्तपुरकी ५१ वर्षीया महिलाको निधन भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ६ : ३२ बजे