१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बैंकको सहयोग


१२ आश्विन २०७७, सोमबार  

0
Shares

निर्माणाधिन भिमसेन मन्दिर । तस्विर ः ललितपुर खबर

१२ असोज ०७७, पाटन । पाटन दरबार स्क्वायरस्थित भीमसेन मन्दिर पुनःनिर्माणमा प्राइम बंैकले रकम सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनलाई बंैकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार रु १० लाख हस्तान्तरण गरेका छन् ।
भारत सरकारले पुनःनिर्माण गर्ने भनिएको सो मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि चासो नदेखाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनवासीले अघि बढाइ गतवर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको गजुर निकाली भत्काउने काम शुरुआत गरेका थिए ।
मन्दिर पुनःनिर्माणमा स्थायनीयवासी आफै जुटेपछि बैंकका अध्यक्ष श्रेष्ठलेरु १० लाख सहयोग गर्नुभएको महर्जनले जानकारी दिए । महर्जनले भने, “मुलुकमा कोरोना माहामारी आउनुअघि वाणिज्य बैंकले रु पाँच लाख, एभरेष्ट बैंकका अध्यक्षले रु एक करोड सहयोग गर्नुभएको थियो ।” सो मन्दिर पुनःनिर्माणमा तदर्थ समितिका सदस्यले रु ९० हजार र ललितपुर महानगरपालिकाले रु एक करोड दिइसकेको महर्जनले जानकारी दिएका छन् ।
‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनःनिर्माणमा सुन लेपन खर्चबाहेक रु चार करोड ९३ लाख लागत लाग्ने अनुमान गरिएको सङ्घका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम श्रेष्ठले जानकारी गराए । ‘कोभिड महामारीले मन्दिर पुनःनिर्माणमा केही ढिलाइ हुँदा हाल भूइँ तलाको काम समाप्त भयो भने पहिलो तलाको काम पनि सकिनै लागेको छ’ महर्जनले भने
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने, थाम, दलिन र बिम भाँच्चिएर भित्ता चिराचिरा भएका थिए । सो मन्दिर परिसरबाट आवतजावत गर्ने हजारांैँ स्वेदेशी र विदेशीलाई नोक्सानी पुग्ने डरका कारण पाटनका जनता मन्दिर पुनःनिर्माणमा अग्रसर भएर हाल धमाधम काम भइरहेको श्रेष्ठको भनाइ छ ।
मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तु रेखदेखको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयको निगरानीमा रहेको छ । चार शताब्दी भन्दा पुरानो इतिहास बोकेको मल्लकालमा निर्मित भीमसेनको मन्दिर उपत्यकाकै नमूनाको धरोेहरका रुपमा प्यागोडा शैलीमा निर्माण भएको थियो ।
मन्दिर निर्माणमा लाग्ने सम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौंँ भ्याली प्रिजर्भेशन ट्रष्टले लिएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौँ भ्याली प्रिजर्भेशन ट्रष्ट, मङ्गल टोल सुधार समिति, ललितपुरभरिका जातीय समाजलगायत विभिन्न सङ्घ संस्था लागि परेका छन् ।
मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुका छाना निकाल्ने तथा मर्मतपश्चात् पुनः राख्ने कामको जिम्मा भने पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकारले लिएको र यसैगरी मन्दिरलाई चाहिने डाँची र ईट्टा दक्षिण बाराही ब्रिक फ्याक्ट्रिका हीराकाजी महर्जन र तीर्थलाल महर्जनले उपलब्ध गराउने सङ्घले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७७, सोमबार  ७ : १५ बजे