१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरकी चेली मार्ने अधिकारी थुनामा


१३ आश्विन २०७७, मंगलबार  

0
Shares

१३ असोज ०७७, ललितपुर । दक्षिण ललितपुरकी चेली रञ्जना तिमल्सिना अधिकारीको आफ्नै जेठाजु सुर्दशन अधिकारीले बन्चरो प्रहार गरी हत्या गरेपछि अभियुक्त अधिकारीलाई कारवाही प्रकृया शुरु भएको छ । दक्षिण ललितपुरको ठुलादुर्लुङ्ग माइती रहेकी रञ्जना विवाद गरेर दाप्चा दिईको थियो ।
पक्राउ परेका अधिकारीलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले नमोबुद्ध नगरपालिका–८ डराउनेपोखरीका सुदर्शन अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम ढकालको एकल इजलासले सोमबार थुनछेक बहसका क्रममा ४२ वर्षीय अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । अदालतका स्रेस्तेदार गोविन्द घिमिरेका अनुसार रञ्जनाका पति शङ्करलाई रु ५० हजार धरौटीमा रिहा गरिएको छ भने ससुरा विष्णुप्रसाद र सासू चित्रकुमारीलाई सामान्य तारेखमा छाडिएको छ ।
बयानका क्रममा जेठाजु सुदर्शनले ३५ वर्षीया बुहारीको हत्यामा भाइ र बाबुआमाको संलग्नता नरहेको, आफू एक्लैले हत्या गरेको स्वीकारेका थिए । रञ्जनाको पति शङ्करले धरौटी रकम बुझाउन नसकेपछि थुनामा गएका छन् । जेठाजु सुदर्शनले घरायसी विवादका क्रममा गत भदौ १८ गते बिहान भाँडा माझिरहेको अवस्थामा टाउको र घाँटीमा बञ्चरो प्रहार गरी रञ्जनाको हत्या गरेका थिए ।

पारिवारिक स्रोतका अनुसार रञ्जना र जेठाजु सुर्दशनबीच घरायसी अंशबण्डा तथा भुकम्पपीडित अनुदानमा निर्माण गरेको घरका विषयमा पटकपटक विवाद हुँदै आएको थियो । रञ्जना स्थानीय स्वास्थ्यचौकीमा कार्यरत कर्मचारी हुन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ११ : ०१ बजे