१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हरिसिद्दि-गोदावरी सडक कालोपत्रको तयारी


१३ आश्विन २०७७, मंगलबार  

0
Shares

१३ असोज ०७७, हरिसिद्दि ः ललितपुर महानगरपालिका–२८ र २९ मा पर्ने हरिसिद्दि सडक कालोपत्रेको तयारी सुरु भएको छ ।
सडक कालोपत्रेको तयारीका लागि हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको काम हुने भएको हुँदास्थानीय यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्न वडाध्यक्ष गणेशकुमार महर्जनले ले नगरवासीलाई अपिल गरेका छन् ।
यही आउँदो असोज १५ देखि २५ गतेसम्म हरिसिद्धिको मूल सडकमा साइट ड्रेन तथा मेनहोल र ढल निकास व्यवस्थापनको काम गर्ने तयारी छ ।
हरिसिद्धिको मूल सडक कालोपत्र गर्न आवश्यक काम गर्ने भएकाले ठैवचोकबाट छिरेर महालक्ष्मी नगरपालिकाको सानागाउँ र इमाडोलको सडक भएर आवतजावत गर्न नगरवासीलाई अपिल गरेको वडा नं २९ का वडाध्यक्ष गणेशकुमार महर्जनले जानकारी दिएका छन् । उनले भने, “यदि मौसम परिवर्तन भई बाधा अवरोध भएमा कार्यको मिति तथा समय हेरफेर हुनसक्ने छ ।” हरिसिद्धिको साँघुरा क्षेत्र आठ मिटर सडक यथास्थितिमै कालोपत्र हुने भएको महर्जनले बताउनुभयो ।
आउँदो बिहीबारदेखि आइतबारसम्मका लागि १० दिन सो सडक खण्ड बन्द गरिने भएकाले यसको साटो वैकल्पिक मार्ग प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको वडा नं २८ का वडाध्यक्ष राजेश महर्जनले बताए ।
यस सडक खण्ड हुँदै गोदावरी नगरपालिका–१ गोदामचौर, २ विशङ्खु, नं ३ साविकको गोदावरी, नं ४ बडिखेल, नं ५ लेले र नं १४ बाडेगाउँका वडावासीले दैनिक यात्रा गर्ने गर्छन् । हाल सो सडक खण्डमा एकतर्फी सवारीसाधन दैनिक चलिरहेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ८ : १४ बजे