१३ असोज ०७७, ललितपुर ः ललितपुरमा मंगलबार ९७ जना कोरोना संक्रमित फेला परेका छन् । ३९ महिला र ५८ जनामा कोरोना संक्रमित फेलापछि ललितपुरमा कोरोना संक्रमित १ सय नजिक पुगेका हुन् ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा मंगलबार ३५ महिला र ५० पुरुष सहित ८५ जना कोरोना संक्रमित भेटिएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । ४ महिला र ६ पुरुष सहित महालक्ष्मी नगरमा १० जनामा कोरोना संक्रमण भेटिएको छन् ।
गोदावरी नगरमा २ पुरुष बाहेक अरुमा कोरोना नभेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
ललितपुरमा अहिलेसम्म २४ सय १५ जना कोरोना संक्रमित फेला परिसकेका छन्् ।२१ जना संक्रमितको निधन भइसकेको छ ।
प्रतिक्रिया