१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


विहीबार काठमाडौं उपत्यकामा ९ सय ४३ जनामा कोरोना संक्रमण


१५ आश्विन २०७७, बिहिबार  

0
Shares


१५ असोज ०७७, काठमाडौं । विहीबार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९ सय ४३ जनामा कोरोना भेटिएको छ । स्वास्थ्य मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंका ८ सय १७ जना, भक्तपुरका ५८ जना र ललितपुरका ६८ जनामा कोरोना भाइरसको संक्रमण भटिएको छ । पछिल्लो २४ घण्टामा देशभर भने १ हजार ९ सय ११ जनामा कोरोना भाइरस फेला परेको छ ।
अहिलेसम्म सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेका छन् । कोरोना संक्रमणका कारण बिहीबारसम्म ५ सय ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण निको भएर ९ सय ६१ जना घर फर्केका छन् । नेपालमा हालसम्म ५७ हजार ३ सय ८९ जना कोरोना संक्रमण निको भएर घर फर्कि सकेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ६ : १९ बजे