१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा कोरोनाबाट एक पुरुषको निधन


१५ आश्विन २०७७, बिहिबार  

0
Shares

१५ असोज ०७७, भक्तपुर ः भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज(विहबिार) निधन भएको छ । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना भएका थिए ।
उपचारका क्रममा उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डा. सुनिल ढुंगेलले जानकारी दिए । सङक्रमण पुष्टि भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । ती पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डा ढुंगेलले बताए ।

प्रकाशित मिति : १५ आश्विन २०७७, बिहिबार  ७ : ५५ बजे