१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा सडक विस्तारका क्रममा शुक्रबार बत्ती जाने


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares


१६ असोज ०७७, ललितपुर । सडक विस्तारका क्रममा पोल सार्नु पर्ने भएकाले दिनभर शुक्रबार विद्युत् काटिने भएको छ । विद्युत्का पोलले राजधानीमा सडक विस्तारका क्रममा बाधा पुगेको हुनाले विद्युत्को पोल सारेर काम गर्नु पर्ने हुँदा विद्युत् अवरुद्ध हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरण ललितपुरका अनुसार लुभु लामाटार सडक विस्तार, इमाडोल सप्तखेल, च्यासल सडक, टुरिष्ट बसपार्क च्यासल र जावलाखेल दमकल अगाडिको फिडरबाट बत्ती काटिन लागेको हो ।
सडक विस्तारका क्रममा सडकको पोल सानुपर्ने भएकाले विहान ११ बजेदेखि ३ बजेर ३० मिनेटसम्म लुभु र इमाडोल फिडरबाट बत्ती निमाइनेछ भने सप्तखेल च्यासल सडक विस्तारका लागि पाटन च्यासल फिडरको विजुली विहान १० बजेदेखि दिउसो ४ बजेसम्म निमाइनेछ । पाटन दलकल अगाडि फुटपाथ विस्तारकाा लागि सडक मर्मत गनुपर्ने भएकाले विहान ८ बजेदेखि ११ बजेसम्म नै जानेछ ।
राजधानीका सडक विस्तारका लागि विद्युत्का पोल सार्न पर्ने भएकाले बेला बेलामा विद्युत् काटेर काम गर्नु पर्ने भएकाले विद्युत् अवरोध हुने गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  १० : ४२ बजे