१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ संक्रमित


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै । तस्विर ः रासस

१६ असोज ०७७, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३८ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १ हजार २ सय ८० जना, भक्तपुरमा १ सय ९६ र ललितपुरका १ सय ६२ जना छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार देशभर २ हजार ७ सय २२ जनामा कोरोनाको संक्रमण भेटिएको छ । देशभरका प्रयोगशालामा १४ हजार ७ सय ३९ नमुना परीक्षण गर्दा ९ सय ६५ महिला र १ हजार ७ सय ५७ पुरुषसहित २ हजार ७ सय २२ जनामा कोरोना भाइरस भेटिएकोे हो ।
आजको संक्रमितसँगै अहिलेसम्म देशभर ८२ हजार ४ सय ५० जनामा कोरोना संक्रमण फेला परेको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले दिएको जानकारी अनुसार आजका दिनसम्म देशभरबाट ५ सय २० जनाको निधन भइसकेको छ भने ६० हजार ६ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा मात्र ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर २१ हजार २ सय ३४ सक्रिय संक्रमित छन् । ११ हजार ७ सय ६० होम आइसोलेसनमा छन् । ९ हजार ४७४ संस्थागत आइसोलेसनमा छन्, जसमध्ये २ सय १० जना आईसीयू र २९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ५ : ४८ बजे