१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


रातो मच्छिन्द्रनाथ मन्दिरको पुनःनिर्माण : सकियो पहिलो तला


१६ आश्विन २०७७, शुक्रबार  

0
Shares

a’ËdtLdf dlR5Gb|gfy dlGb/ cnkq cj:yfdf . @ jif{ ^ dlxgf cl3 sfd z’? ePsf] eP klg cem} sf d k’/f ePsf] 5}g . czf]s b’nfn

१६ असोज०७७,ललितपुर बुङ्गमती । ललितपुर बुङ्गमतीस्थित प्रसिद्ध रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणअन्र्तगत पहिलो तला निर्माणको सकिएकोे छ । विसं २०७२ को महाभूकम्पमा भत्एिको यो मन्दिर पुनःनिर्माणका लागि गतअसार १५ गते उपभोक्ता समिति र पुरातत्व विभागबीच सम्झौता भएको थियो । मन्दिर पुनःनिर्माणमा रु तीन करोड २१ लाख रकम सम्झौता भएको हो ।
लगभग एक हजार ५ सय वर्ष अघि शिखर शैलीमा निर्माण भएको रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणको काम हालसम्म करीब ४० प्रतिशत सकिएको र २०७८ असार मसान्तसम्म मन्दिर पुनःनिर्माण समाप्त गरिसक्नुपर्ने समयसीमा रहेको अध्यक्ष अमिर शाक्यले जानकारी दिए । मन्दिरमा ३४ फिट ४ इन्चको ४ निदाल र २० वटा ढुङ्गाको थाम हाल्ने काम हिजो मात्र गरिसकेको शाक्यले बताए । उनले भने, “यस मन्दिर पुनःनिर्माणमा ७० देखि ७५ प्रतिशत असाध्यै गाह्रो काम भने समाप्त हुनै लागेको छ । ”
निर्माणाधीन मन्दिरमा आवश्यक सामान खरीद र कामदारलाई ज्याला गरेर रु एक करोड ४० लाख बराबरको काम गरिसकेको शाक्यको भनाइ छ । “मन्दिर पुनःनिर्माणमा प्रयोग भइरहेका काठ, इँट्टा, बालुवा, र प्राविधिक सामग्री धेरैजसो उधारोमा ल्याएर काम गरिरहेका छाँै”, शाक्यले भने ।

रातो मच्छिन्द्रनाथ जात्रालाई पाटनको ठुलो उत्सवको रुपमा हिन्दूलगायत बुद्ध धर्मावलम्बीले मनाउने गर्छन् । यो काठमाडांै उपत्यकाको सबैभन्दा लामो रथजात्रा हो । भूकम्पबाट क्षति भएको यस मन्दिर श्रीलङ्का सरकारले निर्माण गर्ने भनिएपनि कसैबाछ पनि चासो नदिएपछि हाल समितिले काम अघि बढाएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०७७, शुक्रबार  ७ : ५३ बजे