१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौं उपत्यकामा मात्र १ हजार १ सय ७७ जनामा कोरोना


१७ आश्विन २०७७, शनिबार  

0
Shares


१७ असोज ०७७, काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १ सय ७७ जनामा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्व्र गौत्तमले काठमाडौंका १ हजार १ जना, भक्तपुरका ६७ र ललितपुरका १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
पछिल्लो २४ घण्टामा देशभर भने २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । देशभरका प्रयोगशालामा १२ हजार ९ सय ७८ नमुना परीक्षण गर्दा ७ सय ६६ महिला र १ हजार ३ सय ५४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
शनिबारको संक्रमित संगै अहिलेसम्म देभर ८४ हजार ०४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
अहिलेसम्म जम्मा ५ सय २८ जनाको कोरोना भाइरसको संक्रमणका कारण निधन भइसकेको छ ।
पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार देशभर अहिलेसम्म ६२ हजार ७ सय ४० जना संक्रमणमुक्त भएका छन् । शनिबार भने २ हजार ४४ कोरोना संक्रमणमुक्त भएका भएका छन् ।
देशभरका अस्पतालहरुमा अहिले २ सय १७ जनाको आईसीयू र ३१ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७७, शनिबार  ७ : ०१ बजे