१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महालक्ष्मी नगरका मेयर श्रेष्ठ कोरोनामुक्त


१९ आश्विन २०७७, सोमबार  

0
Shares

१९ असोज ०७७, इमाडोल । महालक्ष्मी नगरका मेयर रामेश्वर श्रेष्ठ कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा उपचार गराईरहेको मेयर श्रेष्ठको कारोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको महालक्ष्मी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरषोत्तम सापकोटाले जानकारी दिएका छन् ।

गएको भदौं ३० गते परिक्षणको क्रममा श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

मेयर श्रेष्ठकी श्रीमती अञ्जिका श्रेष्ठ समेत संक्रमित थिइन् । उनी १९ औं दिन कोरोना मुक्त भएकी थिइन् । भने मेयर श्रेष्ठ २२ औं लिन घर फर्केका हुन् ।

मेयर श्रेष्ठले आफ्नो उपचारमा संलग्न डाक्टरहरुलाई धन्यवाद दिएका छन् भने नगरवासीलाई कृतज्ञता व्यक्त गरेका छन् ।

अहिले महालक्ष्मी नगरमा करिव २ सयको संख्यामा कोरोना संक्रमित फेला परिसकेका छन् भने यो नगरपालिकाका २ जना निधन भइसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ३ : ५४ बजे