१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा १ हजार ५ सय कोरोना संक्रमित


१९ आश्विन २०७७, सोमबार  

0
Shares


१९ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण फेला परेको छ ।

स्वास्थ्य मन्त्रालयमा सोमबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा जनाकारी दिइए अनुसार काठमाडौं उपत्यकाभर १ हजार ५ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । काठमाडौंमा १ हजार १ सय ७८, भक्तपुरमा १ सय ३ र ललितपुरमा २ सय ५० जनामा कोरोना पुष्टि भएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत्तमले जानकारी दिए ।
देशभर भने २ हजार ४ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोमबार तथ्याङ्कसँगै अहिलेसम्म देशभर ८९ हजार २ सय ६३

जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणपछि ५सय ५४ जनाको निधन भइसकेको छ ।

संक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ४ : ५२ बजे