१९ असोज ०७७, काठमाडौं । बूढानीलकण्ठ नगरपालिकामा निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि यससँग सम्बन्धित विषयमा जानकारी लिन तथा समस्या राख्न आजदेखि निःशुल्क टोल फ्री नं सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
टोल फ्री नं १६६००१०००३२ सञ्चालनमा ल्याएको हुँदा सम्पूर्ण नगरवासीलाई उक्त नम्बरंमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।
१९ आश्विन २०७७, सोमबार
0
Shares
प्रतिक्रिया