१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुरमा एकै दिन २ सय ६१ जनामा कोरोना संक्रमित


१९ आश्विन २०७७, सोमबार  

0
Shares


१९ असोज ०७७, ललितपुर । ललितपुरमा एकै दिन २ सय ६१ जनामा कोरोना संक्रमण भेटिएको छ । सोमबार ललितपुरमा १ सय १८ महिला र १ सय ४३ पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिइएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार ललितपुर महानगरमा ९२ महिला र १ सय ७ पुरुष गरि १९९ जनामा कोरोना संक्रमण फेला परेको छ ।
महालक्ष्मी नगरपालिकामा २१ महिला र ३० पुरुष सहित ५१ जना संक्रमित भेटिएका छन् । गोदावरी नगरपालिकाभित्र भने ६ महिला र ४ पुरुषमा कोरोना भेटिएको छ ।
दक्षिण ललितपुरको माहाकाल गाएपालिकामा भनने १ जना पुरुषमा संक्रमण देखिएको छ ।
अहिलेसम्म ललितपुरमा ३ हजार २ सय ६३ जनामा कोरोना भेटिसकेको छ । कोरोनाकै कारणले २९ जनाको निधन भइसकेको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७७, सोमबार  ९ : ३४ बजे