२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरी नगरका मेयर महर्जन १६औं दिनमा कोरोनामुक्त


२० आश्विन २०७७, मंगलबार  

0
Shares


२० असोज ०७७, ललितपुर । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन १६ औँ दिनमा कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
यही असोज ५ गते ज्वरो, खोकी र जीउ दुख्ने समस्या देखिएपछि महर्जनले घरबाटै भोलिपल्ट स्वाब परीक्षण गर्न पठाएपछि रिपोर्टमा कोरोना संक्रमण देखिएको थियो । मेयर महर्जनको असोज ९ गते मात्रै नतिजा पोजेटिभ आएको थियो ।
“म आज १६ औँ दिनमा कोरोना सङ्क्रमणबाट मुक्त भएँ ”, प्रमुख महर्जनले बताएका छन् । महर्जनले भने, “अब म केही दिन स्वास्थ्यको मापदण्ड पालना गरेर घरमै बस्छु र भीडभाडमा जान्न ।” नगरपालिकाको काम भने केही दिनका लागि घरबाटै गर्ने महर्जनले जानकारी गराएका छन् ।
महर्जनकी धर्मपत्नी गङ्गामायाको कोेरोना परीक्षणको नतिजा भने आउन बाँकी रहेको बताइएको छ । सोमबार मात्रै महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भएका थिए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन भने कोरोना सङ्क्रमणका साथै छातीमा समस्या देखिएर यही असोज १६ गतेदेखि सानेपाको स्टार अस्पतालमा उपचार गराइरहेकोे महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ९ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।