१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरपालिकाका प्रमुख कोरोनामुक्त


२२ आश्विन २०७७, बिहिबार  

0
Shares

२२ असोज ०७७, ललितपुर ः ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन कोरोना सङ्क्रमणमुक्त भएका छन् । यही असोज ८ गते ज्वरो आउने र खोकी लाग्ने समस्या भएसँगै पाटन अस्पतालमा स्वाब परीक्षण गराउँदा शुक्रबार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
असोज ९ देखि १५ गतेसम्म निजी निवासमा रहेका महर्जन १६ गते छातीमा समस्या देखिएसँगै सानेपाको स्टार अस्पताल भर्ना गरिएको प्रमुखका स्वकीय सचिव इन्द्र वज्राचार्यले जानकारी दिए । बज्राचार्यले भने, “ आज दिउँसो ४ बजे मेयर सापको नतिजा नेगेटिभ आयो । अब उहाँ छिट्टै महानगरपालिका कार्यालयमा उपस्थित हुनुहुनेछ ।” मङ्गलबार मात्रै गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन र सोमबार महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठ कोरोना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ६ : ०३ बजे