४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायक मिठाराम केसीको ‘गल्ती नगर’ म्युजिक भिडियो सार्वजनिक


२२ आश्विन २०७७, बिहिबार  

0
Shares


२२ असोज ०७७, काठमाडौं  । समाजसेवी, राजनीतिज्ञ तथा गायक मिठाराम केसी (खत्री) को ‘गल्ती नगर’ बोलको गीतको भिडिओ आज सार्वजनिक भएको छ । गीतको रचना र भाका केसीकै हो । र, गीतमा संगीत–संयोजन राजु कार्कीको छ । गीतमा केसी र कमला पोखरेलको स्वर रहेको छ ।
कोरोना संक्रमणबाट विश्व आक्रान्त भैरहेको अवस्थामा विदेश गएका युवाहरुलाई स्वदेश फर्कन र शहरमा बसेका युवतीहरुलाई पनि गाउँमै फर्केर काम गर्न प्रेरित गरिएको गीतका रचनाकार तथा गायक केसीले स्पष्ट पारे । भिडिओको सार्वजनिक आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रमका बीच क्लबका सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमला, राष्ट्रिय लोक तथा ंदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले संयुक्त रूपमा गरेका हुन् ।
भिडिओ विमोचनपश्चात् सम्बोधन गर्दै पत्रकार ऋषि धमलाले गीत राम्रो बनेको भन्दै तारिफ गरे । उनले भने,‘यो गीत समयसान्दर्भिक छ । युवा पुस्तालाई स्वदेशमै केही गर भनेर प्रोत्साहन गरिएको छ । म मिठाराम केसीजीलाई हार्दिक बधाई तथा शुभकामना भन्न चाहन्छु ।’

गीतबारे प्रकाश पार्दै केसीले ‘युवा जति विदेशमा, यस्तो अवस्थामा कोरोनाको कारणले गाउँमा दुवैथरि विदेश र शहरमा भएका युवायुवतीहरु ऋहिले गाउँ आएका छन् । गीतको भिडिओमा केटाकेटी अब गाउँमै बस्ने वाचा देखाईएको छ । केटा मुग्लान नजाने । र, केटी शहर नजाने शर्तमा उनीहरुको प्रेम सम्बन्ध हुन्छ । यो गीतमा सरकारसमक्ष पनि युवाहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर भनिएको छ ।’
भिडिओमा मुख्य अभिनय खासगरी साहुको भूमिकामा कृष्णभक्त महर्जन छन् भने रमेश थापा र आयुष्मा कार्कीको मुख्य अभिनय रहेको छ । र, केटाको आमाको भूमिकामा सञ्चारकर्मी गोमा पाण्डे देखिएकी छिन् ।
भिडिओ फुलचोकी मिडियामार्फत सार्वजनिक भएको हो ।

कार्यक्रममा राष्ट्रिय लोक तथा ंदोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश बिजीले गीतको प्रशंसा गरे । उनले नेपाल कृषिप्रधान देश भएको तर यहाँका युवाहरु विदेश पलायन हुने होड चलेको उल्लेख गर्दै यो गीतले युवाहरुलाई स्वदेशमै केही गर्न उत्प्रेरणा भरेको सुनाए । उनले भने,‘यो गीत समय सान्दर्भिक छ । म सबै टिमलाई शुभकामना भन्न चाहन्छु ।’
फूलचोकी कलाकर्मी प्रा.ली र प्राकृतिक कृषि सहकारी संस्था लिमिटेडको संयुक्त प्रस्तुति छ । विमोचन कार्यक्रममा प्राकृतिक कृषि सहकारी संस्था लिमिटेड सञ्चालक कृष्ण प्रसाद तिमिल्सिनाको पनि उपस्थिति थियो । र, आजको विमोचन कार्यक्रम सञ्चारकर्मी गोमा पाण्डेले सञ्चालन गरेकी हुन् ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : ३६ बजे