१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


उपत्यकामा १८१ आइसियु र ७६ भेन्टिलेटर


२२ आश्विन २०७७, बिहिबार  

0
Shares


२२ असोज ०७७, काठमाडौं । सरकारले कोरोना भाइरसका गम्भीर सङ्क्रमितलाई उपचार गर्नका लागि काठमाडौँमा उपत्यकामा १ सय ८१ आइसियु र ७६ भेन्टिलेटर भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका आज नियमति पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ती मध्ये ८२ आइसियु शैया र २७ वटा भेन्टिलेटरमा गम्भीर सङ्क्रमितको उपचार भइरहेको जानकारी दिएका छन् ।

डा गौत्तमका अनुसार अझै ९९ आइसियु र ४९ वटा भेन्टिलेर खाली छन् । अहिलेसम्म २ सय ३५ आइसियु र ४२ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन । ती मध्ये वाग्मती प्रदेशमा १ सय २८ जना आइसियु र ३० जना भेन्टिलेटरमा रहेका छन् । मुलुकभर दुई हजार ६ सय आइसियु र ९सय भेन्टिलेटर रहेका छन ।

विहबिारकाठमाडौँ उपत्यकामा दुई हजार ५ सय ४० जना कोरोनाका सङ्क्रमित भेटिएका छन । उपत्यकामा अहिलेसम्म ३६ हजार ३ सय ११ जना सङ्क्रमित फेला परेका छन् । प्रवक्ता डा गौतमले कोरोना अस्पताललाई कोरोनाको रोकथाम र नियन्त्रण गर्नका लागि पूर्ण तयारी साथ राखेको जानकारी दिए । आकस्मिक सहित सबै सेवा पनि २४ घण्टा खुला गरिएको उनको भनाई थियो । उनले सामान्य लक्षण र लक्षण विहीन सङ्क्रमितहरु मन्त्रालयले तोकेको मापदण्ड पुरा गरी घरकै आइसोलेसनमा बस्न समेत अनुरोध गरे ।
मन्त्रालयले घरमा बस्न सम्भव नभएमा टोल फ्रि नं ११३३ नम्बरमा सम्र्पक गर्न र स्वास्थ्यमा कुनै समस्या भएका अस्पताल जान आग्रह गरेको छ । थप जानकारी चाहिएमा ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्र्पक गर्न मन्त्रालयले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २२ आश्विन २०७७, बिहिबार  ७ : २१ बजे