लपु संवाददाता
२४ असोज ०७७, चापागाँउ । उपत्यकामा अन्य ठाँउको तुलनामा कोरोना भाइरसको स्थिती गोदावरी नगरपालिकामा कमजोर देखिए पनि विस्तारै बढ्दै गइरहेको छ । नगरपालिका क्षेत्रमा कारोना भाइरस संक्रमणको दर आउदा दिनहरुमा अझ बढ्दै जाने डाटाबाट केलाउदा प्रस्ट हुन्छ ।
अहिलेसम्म गोदावरी नगरमा २ सय ५७ जना कोरोना संक्रमित फेला परिसकेको नगरपालिकाले जनाएको छ । त्यसमध्ये कारोना भाइरसमुक्त भएर १ सयल ४० जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । होम आइसोलेसनमा १ सय २ जना छन् ।
गोदावरीमा अस्पतालमा ६ जनाको मात्रै उपचार भइरहेको छ । नगरपालिकाको बडिखेल आइसोलेसनमा ३ जना मात्रै उपचार गराई रहेका छन् ।
प्रतिक्रिया