१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंमा शुक्रबार १ हजार ४ सय कोरोना संक्रमित


२३ आश्विन २०७७, शुक्रबार  

0
Shares


२३ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौत्तमले काठमाडौंमा १ हजार १ सय १६, भक्तपुरमा १ सय ३० र ललितपुरमा १ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।
शुक्रबार देशभर २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण फेला परेकोे छ । १३ हजार २ सय ७९ जनाको परीक्षण गर्दा २ हजार ५९ जना संक्रमित भेटिएका पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ लाख ६ सय ७६ जना रहेको छ ।
शुक्रबारसम्म कोरोना संक्रमितबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ५ : १९ बजे