१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शुक्रबार १ सय ५५ जनामा कोरोना संक्रमण फेला


२३ आश्विन २०७७, शुक्रबार  

0
Shares


२३ असोज ०७७, ललितपुर । ललितपुरमा गत २४ घण्टामा १ सय ५५जनामा कोरोना संक्रमण फेला परेको छ ।
स्वास्थ्य कार्यालय ललितपुरले दिएको जानकारी अनुसार ५९ महिला र ९६ जना पुरुषलाई शुक्रबार कोरोना लागेको हो ।
ललितपुर महानगरमा ४२ जना महिला र ५४ जनासहित पुरुष संक्रमित ९६ जनामा संक्रमण फेला परेको छ ।
महालक्ष्मी नगरमा ६ महिला र १३ जना पुरुषमा कोरोना संक्रमण फेला परेको छ ।
गोदावरी नगरपालिकामा ११ महिला र २७ जना पुरुषमा संक्रमण भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
शुक्रबार दक्षिण ललितपुरको महाँकाल गाँउपालिकामा समेत २ पुरुषमा संक्रमण भेटिएको छ ।
अहिलेसम्म ललितपुरमा ४हजार १ सय ४१ जना कोरोना संक्रमित भेटिसकेका छन् ।
२ हजार १ सय १२ जना कोरोना मुक्त, भएर अस्पतालबाट डिस्चार्च भएका छन् । ललितपुरमा सक्रिय संक्रमितको संख्या १ हजार ९ सय ८८ जना छन् ।
अहिलेसम्म ललितपुरमा ४१ जना कोरोना संक्रमितकोे निधन भइसकेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०७७, शुक्रबार  ८ : २० बजे