१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


जोखिमपूर्ण पुल तर्दै चापागाँउ चारघरेका स्थानीय


२६ आश्विन २०७७, सोमबार  

0
Shares

२६ असोज ०७७, ललितपुर । ललितपुर गोदावरी नगरपालिका ११ चारघरेका स्थानीयबासी छम्पी इटाटी जान नख्खु खोलाको जोखिमपूर्ण काठेपुल प्रयोग बाध्य छन् ।
स्थानीय श्याम बहादुर खड्काका अनुसार गएको बर्षामा खोलाले रुख बगाउदा पुलमा लागेर क्षति पुगेको हो । स्थानीय खड्काले भने, ‘खोलाका पिलर पनि खोलाले बगायो । पुल तर्न गाँउदेखि टाढा चारघरे जानु पर्छ ।’
फलाम र काठ राखेर बनाइएको पुल पिलर नहुदा डरलाग्दो तरिकाले हल्लने गरेको अर्का स्थानीय माधव बानियाले बताए । उनले भने यस्तो ढल्नै लागेको खोखिमयुक्त पुलबाट चारघरे र इटाइटीका स्थानीय भारी बोकेर ओहोर दोहोर गर्दा झनै डरलाग्दो बनेको छ ।’
जोखिमपूर्ण पुलबाट धेरैजसो घाँस दाउरा बोकेर किसान ओहोर दोहोर गर्छन् ।
छम्पी जानका लागि झुलुङ्गे पुलहरु छन् तर टाढा भएको भन्दै स्थानीयबासी त्यो पुल तर्न छोडेका छन् ।
एक स्थानीय महिलाले भनिन्,‘ ती पुलहरु टाढा छन् । हामीलाई हत्तार हुन्छ यही पुल तछौं ।’

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  २ : २३ बजे