१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


आफ्नै छोरोका ढुग्रीले हानेर हत्या


२७ आश्विन २०७७, मंगलबार  

0
Shares


२७ असोज ०७७, सिन्धुपाल्चोक ः आफ्नै आमाको हत्या, बाबुमाथि हतियार प्रहार, बुहारीको हत्याजस्ता अपराध त सुनिरहेकै हो । पछिल्ला दिनमा सिन्धुपाल्चोकमा आफ्नै ३० वर्षीय छोरा पेम्बाछिरीङ तामाङलाई आगो फुक्ने फलामको ढुंग्रोले प्रहार गरी हत्याको घटना सार्वजनिक भएको छ । छोराको हत्याको आरोपमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका ७ माथिल्लो चिम्लिङ बस्ने ५६ वर्षीय छिरीङ लामालाई आज(मंगलबार) बिहान प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेर झैझगडा गर्ने छिरीङ तामाङले ढुंग्रो प्रहार गर्दा गम्भीर घाइते भएका उनकै छोरा पेम्बा छिरीङको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलबार  ७ : २३ बजे