१६ माघ २०८२, बिहिबार | Thu Jan 29 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


किरिया बसेको घरमा ग्यास विस्फोटपछि आगलागी, ११ घाइते


२९ आश्विन २०७७, बिहिबार  

0
Shares

फाइल तस्विर

२९ असोज ०७७, ललितपुर । काठमाडौँको सोह्रखुट्टेस्थित नयाँ बजारको फलफूल चोकस्थित निलकुमारी क्षेत्रीको घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन् ।
निलकुमारीका श्रीमान्को हिजो मात्रै निधन भएको र परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ ।
विस्फोटपछि आगलागी भएको थियो । दमकलको सहायतामा प्रहरीले आगो निभाएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीका अनुसार आज घटना घटेको हो । विस्फोटबाट घरको भौतिक संरचना नै भत्किएको ज्ञावालीले जानकरी दिए । यस घटनाका कारण वरिपरीका घरमा समेत क्षति पुगेको जनाइएको छ ।
घटनामा ठूलो भौतिक क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिएका छन् । घाइतेमध्ये तीन जनाको मनमोहन अस्पताल ठमेल र तीन जनाको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
निलकुमारी क्षेत्रीको घरमा विस्फोट भएको हो । उहाँका श्रीमान्को हिजो मात्रै निधन भएको थियो । परिवार किरियामा बसेका बेलामा विस्फोट भएको जनाइएको छ । चारतले घरको दोस्रो तलामा ग्यास चुहिएपछि विस्फोट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ३ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।