१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काठमाडौंमा विहबिार १ हजार ९ सय कोरोना संक्रमित फेला


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२९ असोज ०७७, काठमाडौं । काठमाडौं उपत्यकामा गएको २४ घण्टाभित्रमा १ हजार ९ सय ३५ जनामा कोरोना संक्रमण फेला परेको छ । स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंका १ हजार ६ सय ९२ जना, भक्तपुरका १ सय ३४ जना र ललितपुरका १ सय ८ जनामा कोरोना संक्रमण फेला परेको हो ।
गएको २४ घण्टामा नेपालभर भने ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५ सय ९८ जनाको परिक्षणपछि यो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् ।
यससँगै कुल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
अहिलेसम्म ६ सय ९४ जनाको निधन भइसकेको छ । ८४ हजार ५ सय १२ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५ सय ६४ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : ५१ बजे