२९ असोज ०७७, ललितपुर ः ललितपुर महानगरपालिका १० पाटनढोकास्थित नेपाल फाईनान्स सहकारीको फर्निचरमा काम गर्ने क्रममा करेन्ट लागेर काठमाडौं चन्द्रागिरी नगरपालिका ४ थानकोट बस्ने मकवानपुर मनहरी गाउँपालिका(९ देउकोट घर भएका ३२ वर्षीय अजय पाख्रिनको निधन भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अल्का अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
२९ आश्विन २०७७, बिहिबार
0
Shares
प्रतिक्रिया