१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरबाट सालकको खपटासहित पक्राउ


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


२९ असोज ०७७, काठमाडौं ः भक्तपुर नगरपालिका(९ च्याम्हासिंहबाट ५ किलो ३ सय ग्राम संरक्षित वन्यजन्तु सालकको खपटा सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रामेछाप दोरम्वा गाउँपालिका(५ वस्ने ४५ वर्षीय लाल तामाङ,
काठमाडौं गौशला बस्ने सिन्धुली कमलामाई नगरपालिका(९ घर भएका २३ वर्षीय कपिलबस्नेत र भक्तपुर, भक्तपुर नगरपालिका(९ बस्ने रामेछाप सुनापति गाउँपालिका(४ घर भएका ३० वर्षीय ज्ञान बहादुर तामाङ रहेका छन् ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त सालकको खपटा अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय भक्तपुर पठाइएको व्युरोेले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ५ : ४७ बजे