१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर माहानगर २४ धापाखेलको कार्यालय बन्द


२९ आश्विन २०७७, बिहिबार  

0
Shares


लपु संवाददाता
२९ असोज ०७७, ललितपुर धापाखेल ः कोरोना संक्रमणको जोखिम बढेको भन्दै धापाखेलस्थित महानगरको वडा नं. २४ विहीबारबाट अनिश्चित कालसम्मका लागि बन्द गरिएको छ ।
वडाध्यक्ष दिनेश कार्कीले विहीबार विज्ञप्ती प्रकाशित गरेर कार्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । कार्किले विज्ञप्तीमा भनेका छन्, कोरोना भाइरसको संक्रमणको उच्च जोखिम रहेको र समुदायस्तरमा नै संक्रमण फेलन थालेकोले कार्यालय खोल्दा अझ जोखिम बढ्ने हुँदा अनिश्चित समयसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
वडाध्यक्ष कार्कीले अत्यावश्यक कामका लागि मोवाइल नम्बर समेत उल्येख गरेर सूचना प्रकाशित गरेका छन् ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ७ : २७ बजे