४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सुन्तलीको ‘झुप्रो घरको दशैं’ सार्वजनिक


३० आश्विन २०७७, शुक्रबार  

0
Shares

 

३० असोज ०७७, ललितपुर । दक्षिण ललितपुरकी सुन्लती खड्काले ‘झुप्रो घरको दशैं’ डिजिटल बजारमा सार्वजनिक गरेकी छिन । कोरोनाको माहामारी र दशैं पर्वको सन्र्दभमा झुपडीमा बस्ने आम नेपालीको प्रतिनिधित्व गर्दै गायिका खड्काले मार्मिक लोक दोहोरी गीत सार्वजनिक गरेकी हुन् ।
झुप्रो घरको दशैंमा सुन्तली खडकालाई गायक सुर्यमणि आचार्यले साथ दिएका छन् ।

कारोना माहामारीकाबीच झुपडीको दशैं कस्तो होला ? सुन्तलीले गरिवीको व्यथा गीत मार्फत समेट्ने कोसिस गरेकी छिन् ।
यादव श्रेष्ठको शब्द र सुर्यमणि आचार्यको लय रहेको यस गीतको संगीत संयोजन विष्णु तामाङले गरेका छन् । नागबेली मिडिया हाउसको निर्माणमा गीतको म्युजिक भिडियो तयार भएको हो । लक्ष्मण लम्सालले निर्देशन गरेको भिडियोलाई दुर्गा वान्तावा राई र किरण रस्काले छायांकन गरेका हुन् जसमा लक्ष्मी केसी र देव श्रेष्ठको मुख्य अभिनय देख्न सकिन्छ ।
पछिल्ला दिनमा लाईभ दोहोरीहरुमा चर्चित बनेकी ललितपुर चापागाँउकी सुन्तलीको यो पहिलो गीत हो ।
पहिलो प्रयासमा नै आफूले समाजको वास्तविक कथालाई गीत संगीतमार्फत ल्याउने प्रयास गरेको कारण यसलाई आम दर्शक श्रोताहरुले भरपुर रुपमा माया पाउनेमा विश्वस्त रहेको कुरा सुन्तलीले बताईन ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : १० बजे