१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं उपत्यकामा १ हजार ७ सय ८४ कोरोना संक्रमित


३० आश्विन २०७७, शुक्रबार  

0
Shares


३० असोज ०७७, काठमाडौं । गएको २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जनामा कोरोना संक्रमण भेटिएको भएको छ ।
स्वास्थ्य मन्त्रालयमा आज गरिएको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गोत्तमले काठमाडौंमा १ हजार ७ सय ८४, भक्तपुरमा २४४ र ललितपुरमा ३७४ गरी २ हजार ४०२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यो अवधिमा देशभर ४ हजार ३ सय ९२ जनामा कोरोना संक्रमण भेटिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको छ ।
गएको २४ घण्टामा देशभरका प्रयोगशालाह?मा गरिउको परिक्षणपछि ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५ सय ३१ नमुना परीक्षण गर्दा यो तथ्याङ्क भेटिएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकाका छन् ।
यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीह?मध्ये ७ सय १५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५ सय २२ संक्रमणमुक्त भएका हुन् ।
अहिले देशभर ३७ हजार ३ सय ८२ संक्रिय संक्रमित छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ५ : ०९ बजे