१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर आश्राङ्गकी वालिका झण्डिएको अवस्थामा फेला, गुप्ताङ्गमा देखियो रगत


१ कार्तिक २०७७, शनिबार  

0
Shares

१ कार्तिक ०७७, ललितपुर ः ललितपुर आश्राङ्गकी एक वालिका घरको दलीनमा झुण्डिएको र मृत अवस्थामा फेला परेकी छिन् । ११ बर्षिय सुश्मिता मोक्तान घरको दलीनमा गलबन्दी घाटीमा बेरेर झुण्डिएको अवस्थामा फेला परेको आश्राङ्ग प्रहरी चौकीका असाई रामदेव चौधरीले बताए । वालिका विहीबार साँझ ५ः ३० बजे फेला परेकी थिइन् ।
असई चौधरीका अनुसार वालिका ५ फिटको दलीनमा झुण्डिएको अवस्थामा फेला परेकी छिन् । उनले भने, शवले भुईं छोएको अवस्थामा फेला परेको छ ।’

वडाध्यक्ष लालबहादुर भोम्जनले वालिकाको शवले भुई छोएको र गुप्ताङ्गबाट रगत बगेको अवस्थामा शव फेला परेको ललितपुर खबरलाई बताए । उनले भने, ‘शरिरमा घाउ पनि देखियो ।’
पोष्ट मार्टमपछि घटनाको विस्तृत विवरण आउने भोम्जनले बताए ।
नाम नबताउने शर्तमा एक स्थानीयले वालिकाको शव झयालबाट निकालेको बताए ।
शुक्रबार गाँउमा राहत वितरणको कार्यक्रम रहेको र सबै राहत लिन गएको बेला यो घटना घटेको थियो ।

महानगरिय प्रहरी वृत्त चापागाँउका डिएसपि सहितको टोली आश्राङ्ग पुगेको र वालिकाको शव लिएर पाटनतर्फ लागेको छ । डिएएसपि ओझाले प्रारम्भिक अनुसन्धान सकेर शव लिएर फर्केको जानकारी दिए । उनले भने,‘हामी अनुसन्धानकै क्रममा छौं ।’

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ११ : ४० बजे