१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं र भक्तपुरमा शनिबार विद्युत् अवरुद्ध हुने


१ कार्तिक २०७७, शनिबार  

0
Shares


१ कार्तिक ०७७, काठमाडौं । काठमाडौं र भक्तपुरको विभिन्न स्थानमा शनिबार विद्युत् अवरुद्ध हु ने भएको छ । प्राधिकरणले प्रकाशन गरेको सूचना अनुसार बुस कटिङ्ग र मर्मत र टान्सफर्मर जडानका लागि यो विद्युत् अवरुद्ध हुन लागेको हो ।
विहान १० बजेदेखि १२ बजेसम्म ठिमी टिवी अस्पतालफिडर अन्र्तगत टिवि अस्पताल, चारदोवाटो ,कोरियन अस्पताल,गठ्ठाघर चोक, कौशलटार,लगायतका क्षेत्रहरुमा विद्युत् अवरुद्ध हुनेछ ।
पुरानो ठिमी, सानो ठिमी,लोकन्थली बोडे,राधेराधे मगर गाँउ,धुन्चेपाखा, राधेराधे र भाटभटेनीलगायतका क्षेत्रहरुमा विद्युत् मर्मतका लागि १२ बजेबाट ४ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
काठमाडौंको बनस्थली, बालाजु, माछापोखरी, वाईपास गुम्बाचौकी,मनमैजु पुल,लोकतान्तिक चोक र इन्द्रणी पुललगायत क्षेत्रमा मर्मतका लागि ११ बजेदेखि १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ ।
कलंकीस्थित सालिक चोक पाटी चोक अमरज्योति स्कूल,हसन्टार र मालपोत एरियामा समेत शनिबार ११ बजेदेखि २ बजेसम्म टान्सफर्मर जडान र रुख कटानका लागि विद्युत् अवरुद्ध हुनेछ ।

 

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  १ : ३९ बजे