१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा शनिबार १ सय ९० जनामा कोरोना भेटियो


१ कार्तिक २०७७, शनिबार  

0
Shares

१ कार्तिक ०७७, ललितपुर । ललितपुरमा शनिबार ८४ जना महिला र १सय ६ जना पुरुषसहित १ सय ९० जनामा कोरोना संक्रमण भेटिएको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरपालिकामा ७० महिला र ८६ पुरुया सहित १ सय ५६ जनामा संक्रमण भेटिएको जानकारी दिएको छ ।

गोदावरी नगरपालिकामा महिला र पुरुष ७÷७ जना भेटिदा १४ जना पुगे । महालक्ष्मी नगरमा भने ७ महिला र १३ पुरुषसहित शनिबार संक्रमित २० जना पुगेका छन् ।

शनिबार दक्षिण ललितपुरका तीन वटै गाएपालिकामा कुनै कोरोना संक्रमित भेटिएको छैन ।

ललितपुरमा अहिलेसम्म ५ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पत्ता लागिसकेको छ । २ हजार ९ सय २० जना कोरोनामुुक्त भइसके भने २ हजार ९ सय ६८ जना कोरोनासँग लडिरहेका छन् ।

ललितपुर जिल्लामा ४८जनाको कोरोना संक्रमण पछि निधन भएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ८ : २९ बजे