१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


झरुवाराशी घटनाका अभियुक्त ११ बर्षपछि पक्राउ


२ कार्तिक २०७७, आइतबार  

0
Shares

२ कार्तिक ०७७, ललितपुर । ललितपुर गोदावरी नगरपालिका १३ झरुवाराशीस्थित आरएम इँटाभट्टामा काम गर्ने आफ्नै सहकर्मी मकवानपुर भिमफेदी नगरपालिका ८ घर भएका ३६ वर्षीय डिल बहादुर योञ्जनको हत्या अभियोगमा २ जनालाई ११ वर्षपछि शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी ननगरपालिका ८ घर भएका ५१ वर्षीय भिमसेन घागा मगर र सोही ठाउँ घर भएका ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन् ।
उनीहरुले २०६६ वैशाख २८ गते राति योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विडले हानी, कुटपिट समेत गरी घाईते बनाएकोमा उपचारको क्रममा वीर अस्पतालमा सोही महिनाको ३१ गते बिहान मृत्यु भएको थियो । उक्त घटनामा थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका १५ जमुनामा फेला पारी उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
सामान्य विषयमा भएको झगडाको कारण उक्त घटना भएको अनुसन्धानबाट खुल्न आएको छ । घटनापश्चात मामा भाञ्जा नाता पर्ने उनीहरु ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गई आफ्नो बास्तबिक परिचय परिवर्तन गरी भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेन घागा मगरले अटो रिक्सा चलाउने गरेको समेत खुल्न आएको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी बृत्त चापागाँउ पठाएको व्युरोले जनाएको छ ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  १० : २५ बजे