१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


उपत्यकामा दुई हजार ३ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण


३ कार्तिक २०७७, सोमबार  

0
Shares

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम पत्रकार सम्मेलनमा बोल्दै . तस्विर ः रासस

उपत्यकामा दुई हजार ३ सय ८८ जनामा कोरोना भाइरस सङ्क्रमण
३ कात्तिक ०७७,काठमाडौं। पछिल्लो समयमा काठमाडौं उपत्यकामा दुईहजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका दुई हजार ८, ललितपुरका २ सय ८१ र भक्तपुरका ९९ जना थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
देशभर पछिल्लो २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरसको सङ्क्रमण भेटिएको भएको छ । हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या ४० हजार ७ सय ७८ रहेको जानकारी दिएका छन् ।
जम्मा सङ््क्रमित १ लाख ३६ हजार ३६ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३ सय ३५ जना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको कुल सङ्ख्या ९४ हजार ५ सय १ पुगेको छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने दर ६९ दशमलब ५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १५ हजार ७ सय १४ नमूना परीक्षण गरिएकोमा हालसम्म १३ लाख ९ सय १८ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या चार हजार चार सय ७० छ ।

सङ्क्रमितमध्ये १३ हजार ८ सय ५१ जना संस्थागत आइसोलेशन र २६ हजार ९ सय २७ होम आइसोलेशनमा रहेको प्रवक्ता डा गौतमले जानकारी दिए ।
प्रदेशअनुसार संस्थागत आइसोलेशनमा सक्रिय सङ्क्रमित क्रमशः १ मा एक हजार पाँच सय ३४ , २ मा ७ सय १३, वाग्मतीमा सात हजार ८ सय ५५, गण्डकीमा ९ सय ९०, लुम्बिनीमा एक हजार ८ सय २०, कर्णालीमा ४ सय ५३ र सुदूरपश्चिममा ५ सय ३६ छन् । देशभर २ सय ८२ जना सघन उपचार कक्षमा उपचाररत छन् । प्रदेश १ मा ३० , २ मा १३, वाग्मतीमा १ सय ५३, गण्डकीमा २०, लुम्बिनीमा ५१ , कर्णालीमा ७ र सुदूरपश्चिममा ८ जना छन् । त्यसैगरी ६३ सङक्रमित भेण्टिलेटरमा छन् ।

आजसम्म बाह्र जिल्लामा सङ्क्रमित पाँच सयभन्दा बढी छन् भने एक मात्र जिल्लामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, मोरङ, चितवन, ललितपुर, काठमाडौँ, भक्तपुर, मकवानपुर, कास्की, दाङ, बाँके,सुर्खेत, रुपन्देही छन् । त्यस्तै हाल सङक्रमितको सङ्ख्या शून्य रहेका जिल्लामा मुस्ताङ हो
थप १८ को मृत्यु
पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ सय ५७ पुगेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ७ : ३० बजे