१० कार्तिक २०८१, शनिबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरको लेले,नल्लु लगायतका खानी बन्द


४ कार्तिक २०७७, मंगलबार  

0
Shares


४ कात्तिक ०७७, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले जिल्लाभित्र मापदण्ड विपरीत सञ्चालित ढुङ्गा, बालुवालगायत नदी तथा खानीजन्य पदार्थको उत्खनन, ओसारप्रसार, भण्डारण र बिक्री वितरणसँग सम्बन्धित सबै उद्योग एवं अन्य गतिविधि बन्द आदेश दिएको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज सूचना जारी गर्दै अर्काे सूचना प्रकाशन नभएसम्मका लागि खानी बन्द गर्न आदेश दिएका हुन् ।
प्रजिअ नारायणप्रसाद भट्टका अध्यक्षतामा प्रतिनिधिसभा र वाग्मती प्रदेशसभाका सदस्यका साथै स्थानीय जनप्रतिनिधि, एवं सरोकार निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको जनाइएको छ ।
सूचनामा नदी तथा खानीजन्य पदार्थको व्यवस्थापन सम्बन्धमा अध्ययन र अनुगमन गरी सुझाव पेश गर्न डिभिजन वन कार्यालय र ललितपुरका कार्यालय प्रमुखको संयोजकत्वमा सम्बद्ध अन्य निकायका प्रतिनिधि रहेको कार्यदल गठन गरिएको जनाइएको छ ।
अहिले ललितपुरमालेले नल्लु, देविचौर, ढुकुछाप र भट्टेडाँडामा ढुंगा तथा वालुवा खानी सञ्चालनमा ल्याइएको छ

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ८ : १९ बजे