१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दक्षिण ललितपुरमा चार हजार परिवारलाई राहत वितरण


६ कार्तिक २०७७, बिहिबार  

0
Shares


६ कात्तिक०७७,ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले राहत लिएका छन् ।
ताइवानका बौद्ध धर्मावलम्बीको संस्था चु ची फाउण्डेशनले भौगोलिक विकटताका साथै कारोना महामारीले आर्थिक अवस्था सङ्कटमा परेर गरिबीका साथै भोकसँग सामना गर्न बाध्य वाग्मती, महाँकाल र कोञ्ज्योसोमका चार हजार ४ सय ५९ जनालाई खाद्यान्न सहयोग गरेको हो ।
संस्थाले महामारीका साथै प्राकृतिक प्रकोप खेप्न बाध्य विश्वभरका जनतालाई सहयोग गर्दै आएको पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले बताएका छन् । राणाले भने, “यस संस्थालाई आग्रह गरेर हामीले यी तीन गाउँपालिकाका मानिसलाई महामारीका साथै नजिकै आइरहेको विजयादशमीका बेला प्रत्येक परिवारलाई २५ किलोको एक बोरा जिरा मसिनो चामल, १० किलो पिठो, तीन किलो दाल, दुई किलो चना, दुई लिटर तेल, साबुन र नुन वितरण ग¥यौँ ।”
तीनै गाउँपालिकाका प्रमुखको उपस्थितिमा कोञ्ज्योसोम वडा नं १ चौघरेका ४ सय २० घरधुरी, महाँकालका छवटै वडाका दुई हजार ५ सय २९ घरधुरी र वाग्मतीको वडा नं १ घुसेल, वडा नं २ माल्टा र वडा नं ६ आश्राङका एक हजार ५ सय १० घरधुरीलाई राहत वितरण गरिएको संस्थाका स्वयंसेवक ऋषिदेव फुँयालले बताए ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहिबार  ५ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।